Guinness world records

It has been 17 years in fact on the direction of Simosh Sunuwar dai and edited and vfx graphics edited by me in 2004 the Song ‘Mirmima’ by Phurba Sherpa succeed to keep Guinness world records in 2004 ‘The song made by using only one letter ‘Mah (म)’ of Devanagari script’ and again World Book of records, UK recorded.

Now recently Guinness world record has handover the certificate to Phurba on the Base Camp of Mt. Everest and it also became a new Guinness world record the first person given on the highest peak of the world.

Song : Mirmima

Phurba Sherpa Says

बितेका कुरालाई बिर्सिनु पर्छ भन्ने भनाइमा म असहमत नै त छैन तर सम्पूर्ण रुपमा सहमत पनि छैन । कसरी म बिर्सिउँ आज भन्दा १८ वर्ष अगाडिको मेरो त्यो संघर्ष र त्यो संघर्षले दिएको सुखद परिणाम ?
हो, १८ वर्ष अगाडि अहिलेको जस्तो प्रचार प्रसार गर्न विद्युतिय माध्यमको सुलभता थिएन । आफूले गरेको कार्यको प्रचार प्रसारको लागि सिमित प्रचार माध्यममा निर्भर हुनुपर्थ्यो । त्यो बेलामा केही नौलो काम गरौं भन्ने सोचले जन्माएको सृजना हो — गीत एक अक्षरको !!
आज त्यही १८ वर्ष अगाडि गाएको गीतको कारणले नै मेरो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता भएको छ भने यूकेको वर्ल्ड बुक अफ रेकर्डस मा समेत दर्ता भएर हालैमा आधिकारिक प्रमाणपत्र समेत प्राप्त भएको छ । अनि कसरी मैले बितेको त्यो दिनहरुलाई चटक्कै बिर्सिन सक्छु ? कसरी बिर्सिन सक्छु कि ढकाल भाइको त्यो एक अक्षरको गीत मैले गाउन संगीत गर्दा र निरज श्रेष्ठले संगीत संयोजन गर्दा कति दुख गरिएको थियो । त्यतिबेला सोचिएको पनि थिएन कि रन्जना म्यूजिक इण्डस्ट्रीजबाट उत्पादन र एभिआई प्रोडक्सनबाट भिडियो उत्पादन गरिएको “गीत एक अक्षर” को ले एकदिन ईतिहास रच्ने छ र आजको दिनमा वर्तमानमा १८ वर्ष अगाडि गरिएको कामको खुशी एकपटक फेरि तपाईहरुसंग बाँडने सु अवसर मलाई प्राप्त हुनेछ ।
तसर्थ, बितेका कुरालाई म भुल्न सक्दिन । चटक्कै बिर्सिन सक्दिन । बितेका दिनमा गरिएका गल्ती दोहोर्‍याउँदिन त्यो पक्का हो तर बितेका दिनका सुखद पक्षलाई मनको एक कुनामा सजाएर अवश्य राख्छु — जिन्दगीभर !!!

Music Video-
Mirmima

Facebook Comments

SEND MESSAGE

Please send message for your suggestion and inquiry.

TOP