लण्डन फिल्म फेस्टिभलको यात्रा

मध्य लन्डनको बिच भाग भएर बग्ने बिशाल थेम्स नदी माथिको चौडा पुल वाटरलुको दक्षिणी भागमा रहेको साउथ ब्यंक पुग्दा लगभग दुई बजेको थियो। बि एफ आई लण्डन फिल्म फेस्टिभल २०२३ को भेन्यु साउथ ब्यंक सेन्टर भित्रको ठुलो लबी अनि सबै तिर काउण्टर र चहलपहलमा म अलमलमा परेको थिए। ।
तल र माथि गर्दै गर्दा घाटीमा कार्ड झुन्डाएर वर्लिरहेकी एक जना लेडिजलाई सोध्छु ‘एक्सक्युजमी, होयर ईज द डेलिगेट्स डेक्स?’
उनीले भनिन ‘दाट वाज अन दयाट बिल्डिङ । आर यु अ डेलिगेट्स ? माई फिल्म वील स्क्रिनिङ्ग टुडे एट थ्रि, होप यु उईल बि दियर।‘ एकै सासमा भनिन ।
‘सियोर, हुईच फिल्म ईज योर्स?’ मैले सोधे।
‘’अपोलोनिया’, उईल सियु दिएर । बाई …’
भन्दै तिन-चार खुड्किला झरी हालिन। यो फिल्म अनलाईन एक्सिसमा हेरेको हेरेको थिय।

लामो फ्लाईटको थकान त थियो तर त्यो भन्दा बढी फेस्टिभलमा छिटो पुग्ने उत्साह थियो। म डेलिगेट्स डेक्समा पुग्दा भोलिन्टियर्स बाहेक अरु कोही थिएन्न। त्यहाँ बाट थाहा पाए, फेस्टिभलमा आउने म नै अन्तिम रहेछु। किन भने पन्ध्र दिन चल्ने यो फेस्टिभलमा, म चौथो दिनमा त्यहाँ पुगेको थिए। मेलमा आएको क्युआर कोड स्कान गरेर सानो ईन्ट्री फर्म भरे पछी घाटीमा झुन्डाउने पास् पाए। म दङ्ग थिए , यत्रो ठुलो फेस्टिभलको आफ्नो फोटो र नाम सहितको कार्ड मेरो हातमा थियो।

यहा साउथबैङ्क भित्रको ३ वटा स्क्रिन, संगैको कोजोन सोहो हलको ३ वटा स्क्रिन र चर्चित रोयल फेस्टिभल हल गरी सात वटा हलमा पब्लिक स्क्रिनिङ हुने रहेछ भने फिल्म प्रोफेस्नलहरुलाई एक माईल परको पिक्चरहाउस सेन्टरमा स्क्रिनिङ गरिएको रहेछ । पिकाडेली सर्कस चोक देखि नजिकै रहेको पिक्चरहाउस सेन्टर पुग्दा बिल्डिङ बाहिर चहपहल थियो । पुरानो राजाहरुको दर्बार जस्तै देखिने आर्कीटेक्ट डिजाईनमा रहेको पिक्चरहाउस सेन्टर भित्र आधुनिक डिजाईन थियो। यस बिल्डिङमा पनि सात वटा स्क्रिनीङ हल छ भन्दा म छक्कै परे। लबीमा धेरै काउन्टरहरु थिए जहा भोलेन्टियर्सहरु निकै ब्यस्त देखिन्थ्ये। आजको लागि अन्तिम स्क्रिनिङको समय भएको जानकारी गराइयो। मेरो हल नम्बर एक परेको रहेछ जहा चिलीका निर्देशक फिलाईप ग्याल्भेज ह्यबर्लको ‘द सेटलर्स’ फिलिम स्क्रिनिङ हुदै थियो। ग्याल्भेज फिल्म निर्देशक, स्क्रिन राईटर र एडिटर रहेछन्। उनको डेब्युट फिल्म रहेछ यो। जस्ले यो बर्षको कान्स फिल्म फेस्टिभलमा वल्र्ड प्रिमियर भएर ईन्टरन्यस्नल क्रिटिक्स अवार्ड पाएको चिलिको पहिलो फिल्म रहेछ भने २०२४ मा हुने एकेडमी अवार्डमा बेष्ट ईन्ट्रनेस्नल फिचर फिल्ममा नोमिनिज रहेछ।

पहिलो दिननै राम्रो फिल्म हेर्न पाउदा म दङ्ग थिए र त्यो भन्दा बढी त्यो एडिटरलाई हेर्न उत्सुक थिए जसको पहिलो डेब्युट फिल्मले कान्समा अवार्ड जित्न सफल भएको थियो। उनले अहिले सम्म सात फिचर फिल्म र चार सट फिल्म एडिट गरेका रहेछन। तर उन्को आफ्नो डेब्यूट फिल्ममा आफैले एडिट गरेका रहेनछन्। जब म हलमा पसे हल भरि- भराउ थियो, म आफ्नो सिटमा गयर बस्दै गर्दा फेस्टिभलको प्रोमो बजिरहेको स्क्रिन अनि साउण्डको क्वालिटी उत्कृष्ट अनुभब गरिरहेको थिएँ। १८९३ को स्टोरी, चिलीका आर्मी क्याप्टेन र अमेरिकन सोल्जर बिच भाडामा लिएको जमिनको दाबी र त्यस्ले लिएको हिंसात्मक रुप, फिल्मको मुख्य कथा बस्तु थियो। फिल्म हेरी सक्ना साथ हल भित्रको हल्का उज्यालोमा मेरो दाईने तिर बस्ने ( हेर्दा अमेरीकन जस्तो देखिने) ले भने ‘हेल्लो, हाउ डिड यु लाईक?’
मैले भने ‘यस गुड, नाईस स्टोरी टेलिङ।‘
उसले भने ‘या या बट आई नो दिस स्टोरी , दियर आर समथिङ ल्याकिङ अन सब्सईस्…’ (सुनेमैले सायद सबस्टोरी भन्या हो की)।
छिटो बोल्ने अनि स्याङ ओड बुझ्न गाह्रो हुने।
अनि मैले सोधि हाले ‘होयर आर यु फ्रम?’
‘क्यानडा, एन यु?’ उस्ले सोध्यो ।
‘फ्रम नेपाल’ तर उ कन्फ्युज भयो ‘नेप्वाल?’
मैले भने ‘नो, ईट्स नेपाल। यु डन्ट नो नेपाल? माउन्ट एभरेष्ट!’
उसले भन्यो ‘या या माउन्ट एभरेष्ट, आई हियर दयाट।आर यु फ्रम दियर? वाउ ग्रेट ग्रेट।‘
यसरी उसङग केही कुरा भए। मलाई उसँग गफ गर्न र उसले फिल्मको बारेमा भनेको कुरा सुन्नु मन पर्यो। उनीहरु त्यस्तै स्टोरी टेलिङ हेरेर हुर्केका छन। उनीहरु त्यो समाज अनि तिनका न्यारेसनलाई बुझ्दछन। कथा बाचकको सोच कस्तो हुन्छ। कथालाई उनीहरु कसरी प्रसिब गर्छन्। यी कुराहरु थोरै भए पनि बुझ्ने मौका पाए। उनी पनि फिल्म मेकर रहेछन। यसलगत्तै ईन्टरन्यस्नल कोप्रडक्सनस, द सेटलर्स भनेर सेसन सुरू भयो। पिक्चरहाउस सेन्टर जहाँ म थिए त्यसमा जति पनि स्क्रिनिङ र सेसन हुन्छ यही हलमा फिल्म प्रोफेस्नलहरु संगनै हुने रहेछ। उता रोयल फेस्टिभल हलमा रेड कार्पेट, वर्ल्ड प्रिमयर हुने रहेछ। फिल्म रेटीङ भने अनलाईन एक्सिसमा हुने गर्थ्यो । रेड कार्पेट हेर्ने अनि रोयल फेस्टिभल हलमा फिल्म हेर्ने रहर मनमा राख्दै सेसनमा सहभागी भए।

नर्थ र साउथ अमेरिका बाट आएका डेलिगेट्सहरु धेरै छलफलमा सहभागी भए। फिल्ममा भएको टुईष्ट सायद अलि बढी फिल्मी लागेछ क्यारे, केही त्यस्मै केन्द्रीत थिए। उनले एडिट गरेका फिल्म मध्य एउटा ब्ल्याक एन्ड ह्वईट रहेछ र त्यो निकै राम्रो र चलेको रहेछ। एक जनाले प्रस्न गरे ‘तपाई यो फिल्म ब्ल्याक एन्ड ह्वईटमा किन बनाउनु भएन्। ‘ डाइरेक्टरले हाँसेर जवाफ दिए ‘यदि कुनै फिल्म निर्माताले ब्ल्याक एन्ड ह्वाइटमा फिल्म बनाउन चाहन्छ भने, उनी वास्तवमै फिल्म मेकर हुन्। सायद म भैसकेको छैन।‘ हलमा हासो गुन्जियो ।

हरेक दिनको साझमा फिल्म प्रोफेस्नलहरुको लागि छुट्टै प्रोग्राम हुने रहेछ। त्यसदिन हेरेका फिल्मका रिभ्युमा छलफ गर्ने रहेछन्। म पनि यस्मा सहभागी हुन थाले। त्यो माहोलमा धेरै फिल्म प्रोफेस्नलहरु संग गफ गर्ने मौका मिल्यो। त्यसमा युरोपियन र बेलायतीहरुको संख्या बढी थियो भने नर्थ/साउथ अमेरीकन अली कम थिए तर एसियन नगन्य थिए। यहाँ बिश्बका ९२ देश बाट फिल्म प्रोफेस्नलहरु उपस्थित थिए। २५२ फिल्म ईन्ट्री भएकोमा १४ फिचर फिल्म सहित २९ सर्ट फिल्म, डकुमेन्ट्री र सिरिज वर्ल्ड प्रिमयर हुदै थिए। जर्मनीका फिल्म मेकर साथीले जानकारी नदिएको भय पक्कै पनि म प्रोजेक्ट बर्क तथा डकुमेन्टेसन प्रक्रियामा सहभागी हुने थिईन। यो फेस्टिभलको यात्रा सपनामा पनि नसोचेको कुरो हो मेरो लागि।

अनलाईन लिङ्क एक्सीस गर्दा फिल्म तिन स्लटमा थियो। किन होला भन्ने लागेको थियो, यहा आएर बल्ल थाहा भयो त्यही स्लट अनुसार हरेक हलमा फिल्म स्क्रिनिङ्ग हुने रहेछ। सबै फिल्म अनलाईन एक्सीसमा हेर्न पठाउनुको कारण छलफलको लागि तयारी गरेर आउन भन्ने होला। किनकी फिल्महरु त्याहाँ पनि सबै स्क्रिनिङ गरिएको थियो।

यो बर्ष महिला फिल्म मेकर्सहरुको फिल्म बढी छानिएको रहेछ। महिला फिल्म मेकर्सको कन्फिडेस कुनै पुरुष फिल्म मेकर्सको भन्दा कम थिएन। बेलायती निर्देशक महलिया बेलाको फिल्म ‘द ईन्ड उई स्टार्ट फ्रम’ उपन्यासमा आधारित थियो। एक जोडी र जवान आमाको भूमिकामा उत्कृष्ट अभिनय भएको पारिवारिक भावनात्मक चित्रण भएको फिल्म थियो। जहा अफ्ठेरा छँडहरू विरुद्ध बाँच्नको लागि गरेका मार्मिक संघर्सको कथा देखाउछ। बाढीले बेलायत डुबाउँदै गर्दा एक गर्भवती महिलाले भोगेको पिडा, बाढीमै बच्चाको जन्म पछी सुरक्षित रहन गरेको संघर्ष राम्रो संग देखाइएको थियो। छलफल सेसनमा उनको टिम कन्फिडेस थियो। यस फिल्मका प्राय सबै सदस्य महिला थिए तर यसको एडिटर भने पुरुष थिए। छलफलमा पनि उपस्थिती सबै महिलाकै थियो। उनीहरु बोल्दा ‘बिग फिमेल फोर्स बिहाईन द फिल्म’ भन्ने लाईन धेरै प्रयोग गरि रहेका थिए। यस्को पिक्चराईजेसन राम्रो थियो। यो बर्ष महिला फिल्म मेकर्सहरुको फिल्म धेरै छानिएको थियो।

नेपाल बाट लण्डन आउदा फरक स्टोरी टेलिङ हेर्न पाउछु र त्यस बाट मेरो स्टोरीटेलिङ खुबी र न्यरेटीभलाई अझ फराकीलो बनाउन सक्छु भन्ने थियो। अवश्य पनि त्यसको अनुभूति त गर्दै थिए, अझ स्टोरीटेलरहरुको सोच, हाउभाउ अनि तिनीहरूले बिषयलाई कसरी एक्सप्रेस गर्छन , त्यो देख्न, सुन्न र अनुभूत गर्न पाएको थिए। म एउटा छुट्टै संसारमा आय जस्तो अनुभूत गरेको थिए। आहा कस्तो माहोल जहा कथाका कुरा हुन्छन, मेकीङका कुरा हुन्छन, एउटा बिषयलाई मजाले बिष्लेशण गर्छन। कथा फिल्म मेकिङ भन्दा अरु केही कुरा छैन। अवार्ड पाउछु वा पाउनु पर्छ भन्ने सोच पनि कसैमा छैन। प्रोफेस्नालीजमको एउटा उच्च उदाहरण पाएको थिए। म भोको छु म स्टोरीटेलिङको भोको छु, मलाई अघाउन छ। त्यो संगत त्यो सोच अनि बिचार समुहको छेउमा पुग्न पाएको छु। जो जहाबाट आएको होस् फिल्म कर्मी भनेपछी आपसमा यती सम्मान छ, आदर छ।

दिनहरु बित्दै जादा मेरो धेरै हाई हेल्लो गर्ने अनुहारहरू बनिसकेका थिए। त्यहा हुने हरेक गतिविधिमा अभ्यस्थ हुदै थिएँ। एक साझको प्रोग्राममा स्पेनिस फिल्म डाइरेक्टर जेवन क्यमबोर्डा संग गफ गरेको थिए। उनी आफ्नो फिल्म रिफ्युजी सम्बन्धित रहेको र दुई फरक देशका टिम संग काम गरेको भनिन्। फिल्म पनि संगै हेर्ने मौका पाएको थिए। यसैले अलि कन्फिडेस्स आएछ क्यारे छलफलमा मैले पनि कुरा राखे। एउटै फिल्ममा फरक एडिटर त्यो पनि फरक देशको एडिटर संग कोअर्डीनेसन कसरी मिल्यो? दियर वयर नो कन्ट्राडिक्सन विटुईन द थर्ट अफ डिफ्रेन्ट एडिटर? हाउ डिड यु म्यानेज द क्वालिटी?’ भनेर सोधे। निर्देशकले जवाफ दिईन ‘हामीले प्रिप्रडक्सनमै सबै सव-स्टोरीको लेन्थ, क्यामरा एङगल सर्ट, स्क्रिनपेले सबै फाईनल गरेका थियौ। ईभन लाईट र कलर साइन्स पनि फाईनल गरेका थियौ। त्यसले काममा एक रुप्ता राख्न सजिलो भयो। मेजर क्यारेक्टर एउटै भयपनि फरक समाज अनि फरक भाषामा काम हुने भएकोले, यस्ले झन काम सजिलो बनायो।‘ हुन पनि यो फिल्म स्पेन र पर्चुगलको रैथाने समाजमा खिचिएको रहेछ। खिचाई, सट्स, एडिट र कलरमा एउटै ठाउँमा कामगरे जस्तै एक रुप्ता थियो।

एक साझ युके एसिया फिल्म ईष्टियुटले बिएफआई संगको कोअर्डीनेसेनमा साउथ एसिया फोरम नेटवर्किङ प्रोगाम आयोजना गरेको थियो। त्याहा भारत, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्सका फिल्म प्रोफेस्नलहरु थिए। नेपाल बाट म मात्र उपस्थित थिए। युके एसिया फिल्म फेस्टिभल टिम संग भेट्ने मौका मिल्यो। उनिहरु नेपालबाट म एक्लो प्रतिनिधि देखेर सर्पराईज थिए।


-रोयल फेस्टिभल हल

पिक्चरहाउसको ईन्ट्रान्समा भेटिएका सिमन लोर्ड र म एक छिन कफि खादै गफ गर्यौ। उतरी लण्डनमा जन्मेर पेरिसमा हुर्केका उनी अहिले लण्डन बेस रहेर तीन वटा फिचर फिल्ममा स्क्रिन राईटर रहिसकेका रहेछन। एन्थोनी हप्किन्स बेलायती चर्चित अभिनेता, निर्देशक तथा प्रड्युसर हो भन्ने सिमन बाटनै थाहा पाए। ८५ बर्षका हप्किन्स फिल्म र स्टेज प्रफमेन्सका लागि चर्चित रहेछन। उन्को फिल्म ‘वन लाइफ’ को वर्ल्ड प्रिमियर हुदै थियो। दोस्रो बिश्वयुध्द सुरु हुनु भन्दा अघी १९३८ मा जर्मन नियन्त्रित चेकोस्लाभाकियामा यहुदी बच्चाहरूलाई रेस्क्यु गर्ने बेलायती निकोलस विन्टनको स्टोरी रहेछ। जसलाई बेलायती निर्देशक जेम्स हावेसले निर्देशन गरेका रहेछन्।

हामी पिक्चरहाउस बाट साउथबैङ्क तिर निस्कियौ। सिमनले ट्रफलगर स्क्वायर घुमाउदै लगे। यो ठाउँ सन १८ सयमा फ्रान्स र स्पेन माथि नेपोलियन युद्धमा ब्रिटिश सेना विजय भएको सम्झनामा बनाईएको रहेछ। बेलायतमा जता गय पनि पुराना ऐतिहासिक ठाउँ र क्यासलहरु रहेछन। थेम्स नदीको हावा खादै बिशाल पुल तरेर साउथबैङ्क पुग्यौ। त्यहाँ रोयल फेस्टिभल हल अगाडी रेड्कार्पेट हुदै थियो। २७ सय दर्शक अट्ने हल भरिभराउ थियो। यो हल विश्वको एक नम्मर सुचिमा परेको बिश्व प्रख्यात प्रदर्शन हलहरू मध्य एक मानिने रहेछ।

-रोयल फेस्टिभल हल

८५ बर्षको उमेरमा पनि एन्थोनी हप्किन्सको एक्टीङ गजब थियो। निकोलस विन्टन, जस्का बारेमा यो फिल्म बनाईएको थियो उनी जिउदा रहेछन , फिल्म प्रदर्शन पछी उनको परिचय गराईयो। अचम्मको कुरा त के भने त्यती बेला उध्व्दार गरिएका मान्छेहरूलाई पनि त्यहा उपस्थित गराइएको थियो। तर फिल्म भने अन्ततिर अलि फ्ल्याट भएर सकिन्छ। सिमनले पनि ‘बिगिनिङ ईज गुड बट क्लोजिङ लिटीलबीट, सो सो…’ हत्केला हल्लायो।

ली ग्लोब, डेन्मार्ककी डकुमेन्ट्री फिल्म मेकर रहिछन जस्लाई मैले पहिलो दिन सिढीमा भेटेको थिए। उनी संग साझको प्रोगाममा भेट भयो, उनी डकुमेन्ट्री फिल्म मेकर तथा क्यामरा पर्सन रहिछन। उनको फिल्म ‘अपोलोनिया’ अनलाईनमा हेरिसकेको भए पनि त्याहा हलमा पनि हेरे। सुरु देखीनै रोलक्रम मिलायर छोटो बोल्न दिईएको थियो। सेकेन्ड लास्ट डे मेरो पनि बोल्ने पालो आयो। मैले छोटो तयारी गरेको थिए। ‘नेपाली फिल्म मेकर्सहरु आफ्नै आईडेन्टीटी बनाउन निरन्तर लागी रहेछन। त्यस्मा केही सफल भएर बिभिन्न ईन्टरन्यास्नल फेस्टिभल लगायत बजारमा गएका छन। नेपाली फिल्म नुमाफुङ, कालो पोथी, सेतो घाम, मुकुन्दो जस्ता फिल्म अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएकाछन्। अर्को बर्ष बि एफ आई मा पक्कै पनि नेपाली फिल्म ल्याउने छु।(संक्षेपमा)’ भनेको थिए।

अन्तिम दिन लण्डनका फिल्म निर्देशक याज अल साटर, स्क्रिन राईटर कमिला स्टोपीयर् लगायत हामी रोयल फेस्टिभल हल छिर्नै लाग्दा फिल्म ‘द किचन’ को रेड कार्पेट चलिरहेको थियो। यस्को पनि वल्र्ड प्रिमियर रहेछ। आज पहिलो चोटि एउटा नयाँ दृश्य देखे । अलि पर चार पाच जना मान्छे केही प्लेकार्ड बोकेर उभिएका थिए। ‘द ईकोनमी अफ द कन्ट्री ईज अल्सो सपोटेड बाई द फिल्म ईन्डष्ट्री‘ अर्कोमा ‘फिल्म वर्कर्स बिकेम होमलेस। सेभ द वर्कर्स‘ यस्तै लेखेका प्लेकार्ड थिए।

अवार्ड कस्ले पाउदै छ भन्ने कसैलाई थाहा दिईएको थिएन। जुरी टिममा मेक्सिकन फिल्म निर्देशक तथा स्क्रिन राईटर अमत ईस्कालन्टी, ब्रिटिश फिल्म निर्देशक र लेखक रैनी अल्लेन मिल्लर, ब्रिटिश डकुमेन्ट्री निर्देशक रुबिका शाह र ब्रिटिश फिल्म निर्देशक चार्लोट रेगन थिए। जापानिज फिल्म ‘ईभिल डज नट एक्जिट’ ले बेष्ट फिल्मको अवार्ड जित्यो। जापानिज निर्देशक तथा स्क्रिन राईटर रायुएसकी हामागुचीको फिल्म राम्रो थियो। हामागुची अस्कर तथा एकेडमी अवार्ड जितेका निर्देशक हुन। यसै गरी अरु सबै बिधामा बिजेता घोसँडा गरी अवार्ड बितरण भयो। अवार्ड बितरण हुदा हलमा तालिको गड्गडाहट लामो समय बजिरह्यो। गड्गडाहटको आवाज संगै मेरो बाह्र दिनको रोमान्चक यात्रा अन्त्य हुदै थियो। मन रोमाञ्चित थियो , मेरो करियरको २२-२३ बर्षका ति हरेकपल याद आई रहेको थियो। पुस्तकका पाना झै फर्ररर् पल्टि रहेका थिए। लाग्यो मेरो करियरमा मैले देखेको सपनाको मध्यान्तर भएको छ।

-भरत रेग्मी, फिल्म एडिटर

Facebook Comments

SEND MESSAGE

Please send message for your suggestion and inquiry.

TOP